एनआईसी एशियाका ग्राहकले सामसुङ ग्यालेक्सी मोबाइल खरिद गर्दा किन्दा छुट पाउने



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले सामसुङ ग्यालेक्सी मोबाइलका एस १०, एस १० प्लस तथा नोट १० र नोट १० प्लस मोबाइल खरिद गर्दा छुट पाउने भएका छन् ।

बैंक र सामसुङ मोबाइलबीच बैंकका ग्राहकलाई मोबाइल खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा बैंकको आफ्नै पीओएर र क्युआरमा प्रयोग गरी सामसुङका उक्त मोडलका मोबाइल खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

सम्झौतापत्र बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापितले हस्ताक्षर गरे ।
सम्झौता यही माघ १२ गतेदेखि फागुण १६ गतेसम्म लागू हुनेछ । बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई अत्यधिक प्रबद्र्धन गर्दै आइरहेको छ ।

यसै अनुरुप बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २५ भन्दाबढी मर्चेन्टबाट १ प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

छुट देशभर रहेको २०५ अस्पताल, ६०० होटल, रिसोर्ट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानबाट ग्राहकले सहजै लिन सक्नेछन् । जुन बैंकले आफ्नो वेवसाइटमा समेतमा अध्यावधिक गरेको छ ।

विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुका साथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३ हजार ७०० भन्दाबढी स्थानबाट पीओएस तथा १२ हजारभन्दा बढी स्थानबाट क्यूआर सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकका मुलुकभर ३१३ शाखा कार्यालय, ४०५ एटीएम, ९६ वटा एक्स्टेन्सन काउण्टर र ४४ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा सञ्चालित छ । बैंकका हाल करिब २० लाख ग्राहक छन् ।


क्लिकमान्डु