ग्लोबल आइएमईको स्वतन्त्र सञ्चालकमा देवेन्द्रप्रताप शाह नियुक्त



काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा बैकर देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् । बैंकको ३३७औं सञ्चालक समितिको बैंठकले शाहलाई सञ्चालकमा नियुक्त गरेको हो ।

यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए । शाहसँग ३५ वर्ष लामो बैंकिङ गरेको अनुभव छ ।

नेपाल बैंक र कृषि विकास बैंकमा कुन राम्रो ? दुबै बैंकका पूर्वसीइओ देवेन्द्रप्रताप शाह


क्लिकमान्डु