सार्वजनिक नहुँदै किया कार्निभल गाडी एकैदिनमा १४ सय भन्दा धेरै बुकिङ




काठमाडौं । किया मोटर्सद्वारा उत्पादित कार्निभल कार सार्वजनिक भइसकेको छैन । सन् २०२० को फेबु्रअरी ५ मा यो कार सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

तर सार्वजनिक हुन नपाउँदै यो कार एकदिनमै १४ सय १० थान बुकिङ भइसकेको कम्पनीले जनाएको छ । सार्वजनिक नुहँदै यति धेरै माग हुनुलाई निकै चासोका रुपमा हेरिएको छ ।

किया कार्निभलको प्रि बुकिङ जनवरी २१ देखि खुल्ला गरिएको हो । किया मोटर्स इन्डियाको अफिसियल वेवसाइटबाट अनलाइन वा भारतभर रहेका किया मोटर्सका डिलरबाट उक्त गाडी बुकिङ गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।

किया कार्निभल प्रिमियम, प्रेस्टिज र लिमुजिन गरी तीनवटा तहमा उपलब्ध छ ।

जसमा ३ वटा सिटिङ लेआउट छन् । त्यसैगरी टप स्पेक लिमुजिन ७ सिटर, मिड स्पेक प्रेस्टिज ७ र ९ सिट कन्फ्युग्रेसन र इन्ट्रि लेभल प्रिमियम ७ र ८ सिट फर्ममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु