होटल मेरियटमा भारतीय क्यासिनो आउँदै



काठमाडौं । भिजिट नेपाल २०२० को शुरुवातमा काठमाडौंमा सञ्चालित पाँच तारे होटल मेरियटमा भारतीय क्यासिनो आउने भएको छ ।

भारतीय क्यासिनो कम्पनी डेल्टा क्रप लिमिटेडले भारत बाहिर व्यापार विस्तार गरेको पहिलो पटक हो । मेरियटका सञ्चालक शशिकान्त अग्रवालले २ साताभित्र क्यासिनो सञ्चालनमा आउने क्लिकमाण्डूलाई जानकारी दिए ।

नेपालमा खर्चालु पर्यटक ल्याउनका लागि क्यासिनोको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अग्रवालले क्यासिनो आउनु पर्यटन विकासका लागि समेत फाइदा भएको बताए ।

डेल्टा कम्पनीले नेपालमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स समेत पाइसकेको बताएको छ । भारतको मुम्बईमा रहेको कम्पनी बम्बे स्टकमा सूचीकृत कम्पनी हो । क्यासिनो मेरियट होटलमा लिजमा सञ्चालन हुनेछ ।


क्लिकमान्डु