घुम्ती बीमा सेवाले कमिसन काट्ने डर, अभिकर्ताले भने- हामी ठग बन्न चाहन्नौं



काठमाडौंं । बीमा समितिले शाखारहित घुम्ती बीमा सेवा ल्याएसँगै कमिसनको विषयलाई लिएर बहस शुरु भएको छ । बीमा समितिले सफा नियतले यो व्यवस्था शुरु गरेको भएपनि यसभित्र अनेक खालका स्वार्थ रहेको भन्दै विरोध शुरु भएको हो ।

समितिले राम्रो नियतले यो काम शुरु गरेको भएपनि यसमा धेरैको स्वार्थ रहेको बीमा अधिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बताए ।

‘समितिको मार्गदर्शनको नियत हेर्दा राम्रो देखिन्छ, गाँउगाउँमा बीमाको पहुँच हरेक नेपालीको घरमा पुर्याउनु पर्छ, तर विधि राम्रो भएन,’ उनले भने ।

अहिले अभिकर्ता नपुगेको ठाँउमा बीमा कम्पनी पुग्छ भन्नु हास्यास्पद भएको उनको तर्क छ ।

‘अभिकर्ता नपुगेको ठाँउमा बैंक पुग्छ भनेर प्रोपोगान्डा ल्याए, त्यसले विकृती ल्यायो’, उनले भने ‘हामी ३ वर्षसम्म आतंकित भएर बाँच्नुपर्यो, अन्तिमममा राष्ट्र बैंकले स्वीकार गर्यो र बैंकासुरेन्स हट्यो, त्यसै गरी समितिले अहिले ल्याएको व्यवस्था भोलिका दिनमा नहट्ला भन्न सकिन्न ।’

नेपालमा कुल बीमामध्ये ९९ प्रतिशतभन्दा बढी अभिकर्ताबाट र १ प्रतिशत मात्रै पनि बीमा गर्न नसक्ने निकायलाई जिम्मा दिएर, कुन कर्मचारी गएर, कसलाई विश्वासमा लिएर बीमा गराउला ? उनले प्रश्न गरे ।

प्रश्न गम्भीर रहेको भन्दै उनले अभिकर्ता कैयन पटक धाउँदा बीमा नहुने तर घुम्ती बीमामार्फत हुन्छ भन्नु तर्क संगत नभएको उनको भनाइ छ ।

बीमा गराउने भन्दा पनि त्यसको विधिमा स्पष्ट नभएको उनको भनाइ छ । उनले अभिकर्ताले भन्दा सस्तोमा पोलिसी बिक्री गर्ने भए आफूहरु त्यसको विरुद्धमा लाग्ने बताए ।

‘हामीले बेच्ने पोलिसी र कम्पनीले बेच्ने पोलिसी एउटै हुने भएपछि त्यसको दरमा फरक भएको खण्डमा हामी ठग बन्न चाहन्ननौं, उस्तै मूल्यमा बेचेमा हामीलाई केही समस्या छैन,’ उनले भने ।

उनले त्यही पोलिसी बेच्न लगाउँदा बढी पैसा लिन लगाउने, तर कम्पनीले बिक्री गर्दा त्योभन्दा सस्तोमा बिक्री गर्न नहुने बताए ।

घुम्ती बीमा सफलरुपमा कार्यान्वयन गर्ने हो भने अभिकर्ता ओरियन्टेड हुनुपर्ने उनको तर्क छ । समितिले ५ लाखभन्दा बढी अभिकर्तालाई लाइसेन्स दिएको उनको भनाइ छ । समितिले भएका अभिकर्तालाई तालिम दिन नसकेको अध्यक्ष तिवारीको गुनासो छ ।

बीमाको वास्तविक अर्थ बुझाउने काममा सबै लाग्ने नीति आवश्यक रहेको उनको तर्क छ ।

अहिले समितिले सिधै बीमा कम्पनीले बीमा गर्ने र एजेन्टले पाउने कमिसनको रकम घटाएर बीमितसँग पैसा लिने हो भने एजेन्टले काम छाड्न बाध्य हुने उनको भनाइ छ ।

समितिले त्यसरी काम गर्ने हो भने कि सबै अभिकर्ता हटाउन माग गर्ने वा सबै अभिकर्तालाईं कर्मचारीमा नियुक्त गर्न माग गर्ने उनले बताए ।

उनका अनुसार बीमा गर्न कर्मचारी नै जानुपर्ने भएपछि अभिकर्तालाई कर्मचारीका रुपमा नियुक्त गर्नु प्रभावकारी हुने अध्यक्ष तिवारीको तर्क छ ।

अभिकर्ता बेगरको बीमा गराउने नियत राख्दा त्यसले भविष्यमा पार्ने प्रभावको विषयमा पनि चनाखो हुन अवाश्यक रहेको उनको बुझाइ छ ।

यता बीमा समितिलाई पनि यही विषयले निकै चिन्तित बनाएको छ । उक्त मार्गदर्शन जारी भएपछि घुम्ती बीमा शुरु भएपनि कम्पनीबाटै बीमा गर्दा अभिकर्तालाई तिर्ने कमिसन बापतको रकम घटाएर बीमितलाई प्रिमियम तिर्ने व्यवस्था गर्ने सोचमा समिति छ ।

समितिका एक उच्चतहका कर्मचारीका अनुसार अहिले नै यो व्यवस्था गर्दा अभिकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय निकै पेचिलो बनेको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीसँगको रायपछि उक्त मार्गदर्शन जारी भएपनि उसको भित्री उद्देश्य अनुरुप चल्ने वा नचल्नेमा समितिले अन्योलनमा रहेको उनको भनाइ छ ।

अहिलेको मार्गदर्शनमा समिति भने बीमितले अभिकर्तालाई दिने कमिसनका विषयमा केही बोलेको छैन । यतिबेला समितिले बीमा कम्पनीले आफ्नो तजबिज अधिकार प्रयोग गर्न सक्ने जनाएको छ ।


क्लिकमान्डु