टाटाको प्रिमियम ह्याचब्याक अल्ट्रोज कार सार्वजनिक, मूल्य कति ?



काठमाडौं । गाडी निर्माता कम्पनी टाटाले अल्ट्रोज कार सार्वजनिक गरेको छ । अटो एक्पो २०२० सकिएको एक हप्तामै कम्पनीले उक्त कार भारतमा सार्वजनिक गरेको हो ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उत्पादित यो कारको मूल्य पेट्रोल र डिजल भेरियन्ट अनुसार फरक रहेको छ । कम्पनीले दिएको जानकारी अनुसार पेट्रोल भेरियन्टको मूल्य ५ लाख २९ हजार भारुदेखि ७ लाख ६९ हजार भारुसम्म कायम गरिएको छ ।

त्यसैगरी डिजल भेरियन्टलाई ६ लाख ९९ हजार भारु देखि ९ लाख २९ हजार भारु कायम गरिएको छ ।

प्रिमियम ह्याचब्याक स्पेशमा यो कम्पनीको पहिलो कार हो । साथै यो कार अल्फा मोडुलर प्लेटफर्ममा उत्पादित पहिलो कारको सूचीमा अल्ट्रोज कार रहेको कम्पनीको दाबी छ ।

ह्याचब्याक सेग्मेन्टमा उत्पादित मारुती सुजुकी बलेनो, हुण्डाई आई–२०, होण्डा जाजसँग यो गाडीको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

३९९० एमएम लामो र १७५५ एमएम चौडाई रहेको यो गाडीको उचाइ १५२३ एमएम रहेको छ । त्यसैगरी २५०१ एमएम लामो ह्वीलबेस रहेको यो कारको ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ ।

पेट्रोल भर्सनको अल्ट्रोज कारको वजन १ हजार ३६ किलो रहेको छ भने डिजल भर्सनको वजन ११ सय ५० किलो छ ।

कम्पनीले दिएको जानकारी अनुसार यो कार ५ वटा भेरियन्टमा उपलब्ध हुनेछ । एक्सई, एक्सएम, एक्सटी, एक्सजेड र एक्सजेड ओ गरि पाँच वटा भेरियन्टमा यो कार उपलब्ध हुनेछ ।


क्लिकमान्डु