हुण्डाईको अउरा कार सार्वजनिक, कुन भेरियन्टको मूल्य कति ?




काठमाडौं । हुण्डाई कम्पनीद्वारा उत्पादित अउरा मोडलको कार भारतमा सार्वजनिक भएको छ । कम्पनीले जनाएअनुसार यो कार १२ वटा भेरियन्टमा उत्पादन गरी सार्वजनिक गरिएको छ ।

६ इञ्जिन गियरबक्सको कम्बिनेसनमा निर्माण भएको यो कारको न्यूनतम मूल्य ५ लाख ८० हजार भारु छ ।

भेरियन्ट अनुसार कारको मूल्य फरक फरक हुने कम्पनीले जानकारी दिएको छ । यो मूल्य एक्सेन्ट कारको मूल्य बराबर छ ।

भर्खरै सार्वजनिक भएको यो कारमा ५.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ८.० इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ, कुल्ड ग्लोवबक्स, रियर सेन्टर आर्मरेष्ट, रियर भ्यू मनिटर छन् ।

अउरा कारको कुन भेरियन्टको मूल्य कति पर्छ ? 

 


क्लिकमान्डु