हिमालयन बैंक र म्याक्स मनिको विवाद मिल्यो, रेमिटेन्स रकम भुक्तानी गर्न सम्झौता



काठमाडौं । हिमालयन बैंक र म्याक्स मनि एसडिएनविएचडिबीचको विवाद मिलेको छ । मलेसियन कम्पनी म्याक्स मनीले पैसा नदिएपछि हिमालयन बैंक र म्याक्स मनीबीच विवाद उत्पन्न भएको थियो । नेपाली बैंकलाई दिनुपर्ने पैसा नदिएपछि राष्ट्र बैंकले नै म्याक्स मनीलाई कारोबारमा रोक लगाएको थियो ।

हिमालयन बैंक लि. र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्समनि एसडिएन विएचडि बिच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हिमालयन बैंकको ४९ करोड खाने मलेसियाको ‘म्याक्स मनिट्रान्सफर’लाई नेपालमा प्रतिबन्ध

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका हुन् ।

हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।


क्लिकमान्डु