मारुती सुजुकीको विएस–६ सेलेरियो सार्वजनिक, कति पर्छ मूल्य ?




काठमाडौं । भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले विएस–६ मापदण्डमा निर्माण गरिएको सेलेरियो गाडी सार्वजनिक गरेको छ ।

कम्पनीले विएस–४ मोडलको सेलेरियो मोडलभन्दा यो मापदण्डमा निर्माण भएको मोडलमा १५ हजार भारुदेखि २४ हजार भारुसम्म मूल्य बृद्धि गरेको छ ।

गाडी निर्माता कम्पनीहरुले विएस–६ मापदण्ड अनुसार उत्पादन हुने सबै गाडी केही महंगो हुने बताउँदै आएका छन् ।

मारुती सुजुकीले विएस–६ मापदण्डको सेलेरियोका विभिन्न भेरियन्टहरु सार्वजनिक गरेको हो । यो मोडलको गाडी भेरियन्टअनुसार ४ लाख ४१ हजार भारुदेखि ५ लाख ६७ हजारसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।

प्राविधिक रुपमा हेर्ने हो भने सेलेरियो पहिलेको जस्तै ९९८ सीसी क्षमतामा निर्माण गरिएको छ । जसमा ३ वटा पेट्रोल इन्जिन सिलिण्डर छन् ।

भारतमा करिब साढे ४ लाख मूल्य रहेको यो कार नेपालमा आउन भने केही समय लाग्नेछ ।


क्लिकमान्डु