सेयर बजारमा करेक्सन, कारोबार रकम उत्साहित



काठमाडौं । लामो समयदेखि ओरालो लागेको सेयर बजारमा विगत २ सातायता दोहोरो अंकले बढेको थियो । दोहोरो अंकको सुधार देखिएको बजारमा सोमबार भने करेक्सन भएको छ । नेप्से मापन गर्ने सूचक घटेपनि कारोबार रकमको देखिएको उत्साह कायमै छ ।

सोमबार नेप्से मापन गर्ने सूचक २६.५४ अंकले घटेर परिसूचक १३१९.११ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले घटेर २८३.५३ बिन्दुमा रोकिएको छ ।

१८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता सेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ रुपैयाँको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा सबै राताम्ये बनेको छ । बैंकिङ समूह १५.८८, डेभलपमेन्ट बैंक ५२.८७, जलविद्युत ४२.२२, निर्जीबन बीमा कम्पनी ११६.३१, उत्पादन तथा प्रशोधन ७१.९१, जीवन बीमा समूह १५४.६५, माइक्रोफाइनान्स समूहको उपसूचक ५७.८८ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । हिमालयनको २० करोड ९२ लाख ९५ हजार ९३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेको छन् ।

मल्टिप्रपोज फाइनान्स कम्पनी, ग्लोबल आईएमई बैंक, सूर्य लाईफ इन्स्योरेन्स, प्रुडेन्सियल फाइनान्सका लगानीकर्ताले कमाउँदा पाँचथर पावर कम्पनी, पोखरा फाइनान्स, हिमालयन पावर पार्टनर, बिशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु