अढाइ महिनापछि यसरी राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ (फोटो फिचर)



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ साढे २ महिनापछि राष्ट्र बैंक फर्किएका छन् । निलम्बनमा परेका उनी सफाइ पाएपछि सोमबारदेखि राष्ट्र बैंक फर्किएका हुन् ।

सोमबार बिहान १० बजे राष्ट्र बैंक पुगेका श्रेष्ठ दौरा सुरवाल र टाढा टोपीमा सजिएका थिए । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका थिए ।

आर्थिक अनियमितताको आरोपमा सरकारको निर्देशनमा राष्ट्र बैंकले छानविन समिति गठन गरेपछि  उनी गत कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए । छानबिन प्रतिवेदन गत मंसिर २४ गते राष्ट्र बैंक सञ्चालक समितिलाई बुझाएको थियो । राष्ट्र बैंकले मंसिर २५ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहालीमा जे देखियो… भन्छन्- सत्यको जित भयो

मन्त्रिपरिषदको गत साता बसेको बैठकले श्रेष्ठमाथि लागेका आरोपहरु छानविन प्रतिवेदनले दोषी ठहर नगरेको भन्दै सफाइ दिएको थियो ।

  

       

              


क्लिकमान्डु