सिटिजन्स बैंकको नाफा १०.७२% ले घट्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले ६८ करोड ७७ लाख १ हजार ४९ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले कम हो ।
गत आवको सोही अवधिमा ७७ करोड ३ लाख ४५ हजार ९२१ रुपैयाँ आर्जन गरेको थियो । यो अवधिमा बैंकको वितरण योग्य नाफा ६२ करोड १० लाख ५९ हजार ३९७ रुपैयाँ रहेको छ ।
बैंकको नाफा नाफामा गिरावट आउनमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको कारण देखिएको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा १ अर्ब ४९ करोड ४५ लाख ४१ हजार ७६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा १ अर्ब ४३ करोड ७्र९ लाख ९९ हजार ९९७ रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि गत आवको दोस्रो त्रैमासमा १ अर्ब ८ करोड ६४ लाख ७१ हजार २८८ रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा आईपुग्दा ९५ करोड ५९ लाख ७९ हजार ४२६ रुपैयाँमा सिमित बनेको छ ।
८ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७१६ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८८ करोड ३१ लाख ९५ हजार ६१ रुपैयाँ रहेको छ । ७५ अर्ब ५९ करोड ३३ लाख ६२ हजार ९९७ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६९ अर्ब ९ करोड ८१ लाख २५ हजार ३५२ रुपैयाँ रहेको छ ।
बैंकको गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खराब कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमासमा १.६२ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा ०.९९ प्रतिशतमा सिमित भएको छ ।
बैंकको प्रति सेयर आम्दानी पनि घटेर १५ रुपैयाँ ९५ पैसा रहेको छ । गत आवको सोही अवधिमा १८ रुपैयाँ ४२ पैसा रहेको थियो । यस्तै बैंकको प्रति सेयर नेटवर्थ १४१ रुपैयाँ १३ पैसा रहेको छ ।