विप्रेषण वृद्धिदर ३१.८ प्रतिशतले घट्यो, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह ०.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । मंसिरसम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो । मंसिर सम्ममा खुद ट्रान्सफरप्राप्ति ०.८ प्रतिशतले कमी आइ ४ खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २९.८ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु