सेयर बजारमा उछाल, कारोबार रकम २ अर्ब ९ करोड बढी



काठमाडौं । साताको पहिलो आइतबार सेयर कारोबारमा उछाल आएको छ । पहिलो दिनको कारोबारमा २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ३३.४३ अंकले बढेर १३४३.६५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.५२ अंकले बढेर २८८.३९ बिन्दुमा रोकिएको छ ।

१७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९१७ रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिनको कारोबार रकम यो वर्ष कै सबैभन्दा बढी हो । गत जेठ १६ गते १३१९ को बिन्दुबाट ओराले लागेको बजारमा गत साताबाट १३ सय बिन्दुतर्फ लागेको थियो ।

१२ वटा समूहको कारोबारमा बैंंकिङ १७.९४, डेभलपमेन्ट बैंक ६६.५३, जलविद्युत ४५.४६, निर्जीवन बीमा ३३७.०२, जीवन बीमा ४०३.२५, माइक्रोफाइनान्स समूहको उपसूचक ३२.०६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । हिमालयनको १२ करोड १५ लाख ५९ हजार ८९५ रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै शिवम् शिमेन्टको १० करोड ८ लाख ५० हजार ७०५ नेपाल लाईफ इन्सोरेन्सको ८ करोड ७९ लाख, प्रभु बैंकको ८ करोड १८ लाख, एनसीसी बैंकको ६ करोड ६७ लाख र एनआइसी एशीया बैंकको ६ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबारमा लक्ष्मी इक्वीटि फण्ड, प्राइम लाइफ इन्स्योरेन्स, जानकी फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्सको कारोबारमा सर्किट नै लागेको छ ।


क्लिकमान्डु