एमजि जेडएस इभि कारको बुकिङ बन्द , बुकिङ बन्द गर्ने गरी कति भयो बुकिङ ?




काठमाडौं । एमजि कम्पनीद्वारा उत्पादित जेडएस इभि कार सार्वजनिक नहुँदै २३ सयभन्दा धेरै युनिट बुकिङ भइसकेको छ ।

एमजिले सन् २०१९ को डिसेम्बर २१ मा अर्डर खुलाएको थियो । अर्डर खुलाएको एक महिनामै २३ सयभन्दा धेरै बुकिङ भएपछि कम्पनीले अस्थायी रुपमा अर्डर बुक बन्द गरेको जनाएको छ ।

सार्वजनिक नहुँदै २३ सयभन्दा धेरै इलेक्ट्रिक गाडी बुकिङ हुनु भारतीय अटो बजारमा निकै राम्रो संकत मानिन्छ । गत वर्ष सार्वजकि भएको हेक्टर गाडीले एमजि कम्पनीको ब्राण्ड बृद्धिमा निकै महत्वपुर्ण भूमिका खेलेको थियो । हेक्टर गाडी अहिले पनि लोकप्रिय गाडीको सूचीमा रहेको छ ।

एमजिद्वारा उत्पादित उक्त कारको आधिकारिक सार्वजनिक सन् २०२० को जनवरी २३ मा हुने कम्पनीले जनाएको छ ।

सार्वजनिक हुने दिन मूल्य सार्वजनिक हुने भएपनि जेडएस इभिको मूल्य २२ लाख भारुबाट शुरु हुने अनुमान गरिएको छ । यो मूल्य हुन्डाईको कोना इलेक्ट्रोनिकसँग प्रतिस्पर्धि हुने बताइएको छ ।


क्लिकमान्डु