अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्ड सहमत



काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नी सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुटारमा बसेको दुई अध्यक्षबीचको भेटवार्तामा सापकोटाको नाममा सहमति भएको हो ।

कृष्णबहादुर महराले बलत्कारको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिए । त्यसपछि नेकपामा सभामुख चयनमा विवाद देखिएको छ । पछिल्लो पटक हिँउदे अधिवेशन सुरु भएपनि सभामुख चयन नभएको कारण बैठक बस्न सकेको छैन । जसले विधेयकहरु अगाडि बढाउने काम नै प्रभावित बनेको छ ।


क्लिकमान्डु