५ वर्षमा जीवन बीमा कम्पनीले बीमितलाई दिने बोनस कतिले बढ्यो, कसको कति ?



काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले बीमितलाई बोनस दिइरहेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको बोनस दरका आधारमा बीमितले आफूले कुनमा बीमा गर्ने भनेर छान्न पनि सक्ने देखिएको छ ।

बीमा गर्दा जोखिमको न्यूनिकरणको पक्षलाई प्राथमिकताका साथ हेरिन्छ । साथै त्यसबाट आउने बोनस दरलाई पनि बीमितले ध्यान दिने गरेका हुन्छन् । बीमा गर्नुको अर्को पाटोको रुपमा बचत गर्ने बानीको बिकासको रुपमा पनि हेरिने गरेको छ । बीमा गर्दा बार्षिक, अर्धबार्षिक वा त्रैमासिक रुपमा पनि आफ्नो आय आर्जन अनुसारको बचत गर्ने बानीको विकास हुने जानकारहरु बताउँछन् ।

हामीले ६ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष ५ वटा आर्थिक वर्षमा बीमितलाई दिएको लाभांशको तथ्याङक हेरेका छौं ।

गुँरास लाइफ इन्स्योरेन्स

गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७०/०७१ को तुलनामा आव २०७४/७५ मा आईपुग्दा बोनस दरलाई बढाएको छ । आव २०७०/७१ विभिन्न योजनामा ४० देखि ७५ रुपैयाँ बोनस दिएको थियो ।

सावधिक जीवन बीमामा प्रति हजार ४० देखि ७५, अग्रिम भुक्तानी जीवन बीमामा ४३ देखि ४७, जीवन श्री (सावधिक÷आजीवन) जीवन बीमामा ४० देखि ७५ र आन्तरिक बोनसदरमा ४० देखि ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै आव २०७१/७२ मा गुराँसले बीमितलाई दिने बोनस दर घटाएको थियो । सावधिक जीवन बीमामा प्रति हजार ३५ देखि ७०, अग्रिम भुक्तानी जीवन बीमामा ३८ देखि ४२, जीवन श्री (सावधिक/आजीवन) जीवन बीमामा ३२ देखि ६७ र अन्तरिक बोनसदरमा ३२ देखि ७० रुपैयाँ बोनस दिएको थियो ।

यस्तै आव २०७२/०७३ मा सावधिक जीवन बीमामा प्रति हजार ४१ देखि ७६, अग्रिम भुक्तानी जीवन बीमामा २९ देखि ३४, जीवन श्री (सावधिक/आजीवन) जीवन बीमामा ४१ देखि ७६ र अन्तरिक बोनसदरमा २९ देखि ७७ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७३/०७४ मा सावधिक जीवन बीमामा प्रति हजार ३९ देखि ७४, अग्रिम भुक्तानी जीवन बीमामा ३७ देखि ४७, जीवन श्री (सावधिक÷आजीवन) जीवन बीमामा ४१ देखि ७६ रुपैयाँ बोनस दिने जनाएको थियो । यता आव २०७४/७५ मा इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ५१ देखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दिएको थियो । गुराँसले २५ वर्ष वा सो भन्दा माथिको बीमा योजनालाई ८७ रुपैयाँसम्म बोनस दिएको छ । आव २०७४/७५ मा सबै भन्दा बढी बोनस दिने जीवन बीमा कम्पनी यो नै हो ।

सावधिक जीवन बीमालेखमा १४ वर्षसम्म ५१, १५ देखि १९ वर्षसम्म ५६, २० देखि २४ वर्ष ६१ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८६ रुपैयाँ बोनस दिने भएको छ ।

सावधिक तथा आवीवन बीमालेखमा १४ वर्षसम्म ५२, १५ देखि १९ वर्षसम्म ५७, २० देखि २४ वर्षसम्म ६१ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८७ रुपैयाँ बोनस दिने र अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा १४ वर्षसम्म ४७, १५ देखि १९ वर्षसम्म ५२, २० देखि २४ वर्ष ५७ रुपैयाँ बोनस घोषणा गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी)

लाइफ इन्स्योरेन्स कर्पाेरेशनले आव २०७०/७१ मा बीमितहरुलाई दिने लाभांश ६१ देखि ७५ रुपैयाँसम्म दिएको छ । ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट जीवन आनन्द योजना नामक पोलिसी लिनेलाई ६१, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ६५, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६१, २० वर्षको लागि ६२ र २५ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षको लागि ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७१/७२ मा सबैभन्दा बढी ७५ रुपैयाँ बोनस दिएको थियो । इन्डोमेन्ट (जीवन आनन्द) बीमा योजनामा ५ देखि १९ वर्षसम्मको लागि ६१ रुपैयाँ, २० देखि २४ वर्षसम्म ६५ र २५ वर्ष भन्दा माथीको बीमा पोलिसिमा ७५ रुपैयाँ बोनस दिएको थियो ।

मनी ब्याक तर्फ १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षसम्मको पोलिसीमा ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७२/७३ मा ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट (जीवन आनन्द) योजना नामक पोलिसी लिनेलाई ६१, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ६५, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६१, २० वर्षको लागि ६२ र २५ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षको लागि ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७३/७४ मा ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट (जीवन आनन्द) योजना नामक पोलिसी लिनेलाई ६१, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ६५, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६१, २० वर्षको लागि ६२ र २५ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षको लागि ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७४/७५ मा ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट (जीवन आनन्द) योजना नामक पोलिसी लिनेलाई ६६, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ७०, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ८० रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६६, २० वर्षको लागि ६७ र २५ वर्षसम्मको लागि ६८ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६६, १५ वर्षको लागि ६८ र २० वर्षको लागि ७७ रुपैयाँ बोनस दिएको थियो । अन्य आवको तुलनामा यो वर्ष एनआईसीले बढी बोनस दिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले आव २०७०/७१ देखि आव २०७४/७५ सम्म ८० रुपैयाँ बोनसमा सिमित गरेको छ । आव २०७०/७१ मा इन्स्योरेन्सको विभिन्न पोलिसीमा प्रति हजार ६१ देखि ८० रुपैयाँ रहेको थियो । आव २०७१/०७२ मा यो यसैले निरन्तरता पाएको थियो ।

यस्तै आव २०७२/०७३ मा सावधिक जीवन बीमा योजना अन्तर्गत ५ देखि १५ वर्षसम्मको पोलीसिमा ६१, १६ देखि २० वर्षको ६१, २१ देखि २५ वर्षको ६२ र २६ वर्ष वा सो भन्दा बढीको पोलिसीमा ८० रुपैयाँ बोनस दिएको छ । यता अग्रिम भु्क्तानी सावधिक बीमा योजनामा १५ वर्षको लागि ६०, २० वर्ष ६१ र २५ वर्षको लागि ६१ रुपैयाँ बोनस दिएको छ ।

आव २०७३/७४ मा सावधिक जीवन बीमा योजना अन्तर्गत ५ देखि १५ वर्षसम्मको पोलीसिमा ६१, १६ देखि २० वर्षको ६१, २१ देखि २५ वर्षको ६२ र २६ वर्ष वा सो भन्दा बढीको पोलिसीमा ८० रुपैयाँ बोनस दिएको छ । यता अग्रिम भु्क्तानी सावधिक बीमा योजनामा १५ वर्षको लागि ६०, २० वर्ष ६१ र २५ वर्षको लागि ६१ रुपैयाँ बोनस दिएको छ ।

आव २०७४/०७५ मा सावधिक जीवन बीमालेखमा ५ देखि १९ वर्षको प्रिमीयममा न्यूनतम प्रति हजारमा ६६ रुपैयाँ, २० देखि २४ वर्ष ७० र २५ वा सो भन्दा माथी ८० ण्रुपैयाँसम्म बोसन दिने जनाएको छ ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १५ वर्ष ६६, २० मा ६७, २५ मा ६८ रुपैयाँ बोनस रहेको छ ।

सावधिक तथा आजिवन बीमालेखमा ५ देखि १९ वर्षको पोलिसीमा ६६, २० देखि २४ वर्षमा ७० र २५ वा सो भन्दा बढी अवधिको लागि ८० रुपैयाँ बोनस रहेको छ । जीवन तरंग बीमालेखमा १० वर्षको ६६, १५ वर्षको लागि ६८ र २० वर्षको लागि ७७ रुपैयाँ बोनस रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७०/७१ मा बीमितहरुलाई ३२ देखि ६६ रुपैयाँसम्म बोनस दिएको थियो । जसमा सावधिक जीवन बीमामा ९ वर्षसम्म ३२, १० देखि १४ वर्षसम्म ३३, १५ देखि १९ वर्षसम्म ३६, २० देखि २४ वर्षसम्म ४४ र २५ वर्ष वा सोभन्दा माथीको लागि ५३ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै रुपान्तरित सावधि जीवन बीमामा ९ वर्षसम्म ३३, १० देखि १४ वर्षसम्म ३८, १५ देखि १९ वर्षसम्म ४३, २० देखि २४ वर्षसम्म ४९ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६६ रुपैयाँ बोनस दिएको थियो । यता अग्रिम भुक्तानी जीवन बीमामा १५ देखि १९ वर्षसम्म ४२, २० देखि २४ वर्षसम्म ५५० र २५ वर्ष वा सोभन्दा माथीको लागि ६३ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७१/७२ मा बीमितहरुलाई दिने बोनस बढाएको थियो । इन्स्योरेन्सले ३५ देखि ७० रुपैयाँसम्म बोनस दिएको थियो । जसमा सावधिक जीवन बीमामा ९ वर्षसम्म ३५, १० देखि १४ वर्षसम्म ३६, १५ देखि १९ वर्षसम्म ३९, २० देखि २४ वर्षसम्म ४७ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै रुपान्तरित सावधिक जीवन बीमामा ९ वर्षसम्म ३५, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५१ र २५ वर्ष वा सोभन्दा माथीको लागि ७० रुपैयाँ बोनस दिएको थियो ।

यता अग्रिम भुक्तानी जीवन बीमामा १५ देखि १९ वर्षसम्म ४३, २० देखि २४ वर्षसम्म ५१ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आव २०७२/७३ मा भने बीमितलाई दिने बोनसमा कम भएको छ । यो वर्ष सबै भन्दा कम ३२ र सबैभन्दा बढी ६८ रुपैयाँ रहेको छ ।

सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३२, १० देखि १४ वर्षसम्म ३३, १५ देखि १९ वर्षसम्म ३६, २० देखि २४ वर्षसम्म ४४ र २५ वर्ष वा सोभन्दा माथीको लागि ५९ रुपैयाँ बोनस दिएको थियो । यता रुपान्तरित सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३३, १० देखि १४ वर्षसम्म ३८, १५ देखि १९ वर्षसम्म ४३, २० देखि २४ वर्षसम्म ४९ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६८ रुपैयाँ बोनस दिएको थियो । अग्रिम भुक्तानी जीवन बीमा योजनामा १५ देखि १९ वर्षसम्म ४२, २० देखि २४ वर्षसम्म ५० र २५ वर्ष वा सोभन्दा माथीको पोलिसीमा ६३ रुपैयाँ बोनस दिएको थियो ।

प्राइमले आर्थिक वर्ष २०७३/७४ मा भने बीमितलाई दिने बोनस बढाएको छ । न्यूनतम ३५ देखि ७५ प्रतिशत पुर्याएको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३५, १० देखि १४ वर्षसम्म ३३, १५ देखि १९ वर्षसम्म ३९, २० देखि २४ वर्षसम्म ४७ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै रुपान्तरित सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३६, १० देखि १४ वर्षसम्म ४१, १५ देखि १९ वर्षसम्म ४६, २० देखि २४ वर्षसम्म ५२ र २५ वर्ष वा सोभन्दा माथीको लागि ७५ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी जीवन बीमा योजनामा  १० देखि १४ वर्षसम्म ३७, १५ देखि १९ वर्षसम्म ४४, २० देखि २४ वर्षसम्म ५२ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६५ रुपैयाँ बोनस दिएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले आज २०७०/७१ को लाभांश दर सार्वजनिक गरेको छैन । यता आव २०७१÷०७२ मा भने न्यूनतम प्रति हजारमा २५ रुपैयाँ देखि अधिकतम ५६ रुपैयाँसम्म बोनस दिने भएको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा २५, १० देखि १४ वर्षसम्म २९, १५ देखि १९ वर्षसम्म ३५, २० देखि २४ वर्षसम्म ४३, २५ देखि २९ वर्षसम्म ४९ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ५६ रुपैयाँ बोनस दिएको थियो ।

सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा २५, १० देखि १४ वर्षसम्म २९, १५ देखि १९ वर्षसम्म ३५, २० देखि २४ वर्षसम्म ४३, २५ देखि २९ वर्षसम्म ४९ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ५६ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ३१, १५ देखि १९ वर्षसम्म ३१ र २० देखि २४ वर्षसम्म ४१ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७२/०७३ मा इन्स्योरेन्सले बोनसलाई बढाएर ३५ देखि ७० रुपैयाँसम्म बोनस दिएको थियो । सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३५, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५, २५ देखि २९ वर्षसम्म ६० र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७० रुपैयाँ बोनस दिएको थियो ।

सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३५, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५, २५ देखि २९ वर्षसम्म ६० र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७० रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ४२, १५ देखि १९ वर्षसम्म ४२, २० देखि २४ वर्षसम्म ५२ र २५ देखि २९ वर्षसम्म ६० रुपैयाँ बोनस दिएको थियो ।

आव २०७३/७४ मा इन्स्योरेन्सले बोनसलाई पुनः बढाएर ३८ देखि ७३ रुपैयाँसम्म बोनस दिएको थियो । सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो ।

सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ४५, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५ र २५ देखि २९ वर्षसम्म ६३ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७४/०७५ मा इन्स्योरेन्सले बोनसलाई गत आवकोलाई नै निरन्तरता दिएको छ । जसमा ३८ देखि ७३ रुपैयाँ रहेको थियो । सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो ।

यता सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ४५, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५ र २५ देखि २९ वर्षसम्म ६३ रुपैयाँ बोनस दिएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७०/०७१ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

अग्रिम भुक्तानी योजनामा १० वर्षसम्मको लागि ६५, १५ वर्षसम्म ६५, २० वर्षसम्म ६५ रुपैयाँ बोनस दिएको थियो । जीवन सम्बृद्धि बीमा योजनामा १५ वर्षको ६२ र २० वर्षको पोलिसीमा ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७१/०७२ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

अग्रिम भुक्तानी योजनामा १० वर्षसम्मको लागि ६५, १५ वर्षसम्म ६५, २० वर्षसम्म ६५ रुपैयाँ बोनस दिएको थियो । १५ वर्षको जीवन सम्बृद्धि योजनामा ६२ र २० वर्षको जीवन सम्बृद्धि योजनामा ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७२/०७३ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा सबै बीमा योजनामा ६५ रुपैयाँ बोनस दिएको थियो । यता जीवन सम्बृद्धि बीमा योजना अन्तर्गत १५ वर्षको लागि ६२ र २० वर्षको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा बीमितलाई न्यूनतम ६५ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्ष ६५, २१ देखि २५ वर्ष ७२ र २५ वर्ष भन्दा माथीकोमा ८२ रुपैयाँ बोनस दिएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनाका सबै बीमा योजनामा ६५ रुपैयाँ बोनस दिएको थियो । यता जीवन सम्बृद्धि बीमा योजना अन्तर्गत १५ वर्षको लागि ६२ र २० वर्षको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।

नेपाल लाइफले इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्ष ६५, २१ देखि २५ वर्ष ७२ र २५ वर्ष भन्दा माथीकोमा ८२ रुपैयाँ बोनस दिएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनाका सबै बीमा योजनामा ६५ रुपैयाँ बोनस दिएको थियो भने जीवन सम्बृद्धि (अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख) बीमा योजना अन्तर्गत १५ वर्षको लागि ६२ र २० वर्षको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।


क्लिकमान्डु