मञ्जुश्री फाइनान्सको नाफामा उल्लेख्य सुधार, खराब कर्जा बढ्यो



काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा फाइनान्सको नाफा १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्सको नाफा १ करोड ९६ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

फाइनान्सको वितरण योग्य नाफा ९ करोड ३१ लाख ४० हजार रुपैयाँ रहेको छ ।
फाइनान्सको यो अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । जसले गर्दा नाफा बढ्न सहयोग देखिएको छ ।

गत आवको दोस्रो त्रैमासमा १२ करोड ४२ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको फाइनान्सले चालु आवको सोही अवधिमा आइपुग्दा १९ करोड ६९ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चलान मुनाफा गत आवको दोस्रो त्रैमासमा १ करोड ९६ लाख ८२ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

८१ करोड ८१ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १६ करोड ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ । ५ अर्ब ४० करोड ४७ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५ अर्ब ५० करोड ६२ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको खराब कर्जा गत आवको दोस्रो त्रैमासको तुलनामा अहिले बढेको छ । गत आवको दोस्रो त्रैमासमा ३.१७ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा ३.४३ प्रतिशत रहेको छ । ३५ रुपैयाँ ०५ पैसा प्रति सेयर आम्दानी रहेको संस्थाको प्रति सेयर नेटवर्थ १२१ रुपैयाँ ७१ पैसा रहेको छ ।


क्लिकमान्डु