पर्यटन बोर्डको नयाँ सीइओ आज टुंगो लाग्ने



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोट प्रक्रिया आइतबार टुंगिने भएको छ ।

सीइओ छनोट समितिका सदस्य विप्लव पौडेलका अनुसार आइतबार साँझ सवा ४ बजे बस्ने बैठकले सीइओको निर्णय लिनेछ । नेपाल भ्रमण वर्षको शुरुवातमा सीइओ बिहीन बनेको बोर्डले आइतबार नयाँ सीइओ पाउनेछ ।

सीइओका लागि कुल १७ जनाले आवेदन दिएका थिए । जसमध्ये समितिले ९ जनालाई सर्टलिस्ट गरेको थियो । जसमध्ये ९ वटै जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता समेत सकिएको छ ।

९ जनामध्ये समितिले ३ जनाको नाम छनोट गर्नेछ । जसबाट एक जनालाई सीइओका लागि छनोट गरिनेछ । बोर्डका सीइओको कार्याकाल ४ वर्षको हुन्छ । पर्यटन सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सीइओ नियुक्त गर्नेछ ।

सर्टलिस्टमा पर्यटन बोर्डका पूर्व सीइओ दीपकराज जोशी, धनञ्जय रेग्मी, हिकमल सिंह, सन्तोषबिक्रम थापा, रोहिणीप्रसाद खना, बच्चुनारायण श्रेष्ठ, नवीन पोखरेल र काशीराज भण्डारी छन् ।


क्लिकमान्डु