सेयर बजारमा उछाल देखिँदा पनि यी हुन् सबैभन्दा सस्तो मूल्यमा पाइने सेयर



काठमाडौं । यो साता सेयर बजारमा लामो समयको अन्तरालमा निकै छलाङ देखियो । बजार यतिबेला ८ महिना अघिको अवस्थामा फर्किएको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्से मापन गर्ने सूचक २६ अंकले बढेर १३१०।२३ बिन्दुमा रोकिएको छ । यसले बजारमा निकै आशा जगाएको छ । आगमी दिनमा बजारमा सुधार हुने सबैको तर्क छ ।

अहिले धितोपत्र बोर्ड बजार बुझेका अध्यक्ष भिष्म राज ढुंगाना पाएको छ । उनले बजारको विकासका लागि अधिकतम काम गर्ने भएकाले पनि बजार बढेको लगानीकर्ताहरुको बुझाई छ ।

बजारमा लगातार उछाल आएपनि अझै १२ वटा कम्पनीमा लगानी गरेका लगानीकर्ताले कमाउन सकेका छैनन् । केही कम्पनीका लगानी गरेका लगानीकर्ताहरुले प्रति कित्ता ४७ रुपैयाँ गुमाइ रहेका छन् ।

नेप्सेका अनुसार खानीखोला हाईड्रोपावर र नेशनल हाईड्रोपावर जलविद्युत कम्पनीमा लगानी गरेका लगानीकर्ताले प्रतिकित्ता ४७ रुपैयाँ गुमाएका छन् । यी दुई कम्पनीको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता ५३ रुपैयाँ रहेको छ ।

यस्तै दिव्यश्वरी हाईड्रोपावरको सेयर मूल्य प्रति कित्ता ५७ रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य प्रति कित्ता ५९, यूनाइटेड हाईड्रोपावरको ६२, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य प्रति कित्ता ६७ रुपैयाँ रहेको छ । अन्य कम्पनीको पनि सेयर मूल्य ज्यादै न्यून रहेको छ ।

लामो समयको अन्तरालमा लगानीकर्ताले अरुण भ्याली हाईड्रोपावरका लगानीकर्ताले भने आफुले किनेको मूल्य पाएका छन् । प्रतिकित्ता १०० रुपैयाँमा साधारण सेयर खरिद गरेका लगानीकर्ताले आफूले खरिद गरेको मूल्य पाएका छन् ।

अहिले अरुण भ्यालीको सेयर मूल्य प्रति कित्ता १०० रुपैयाँ पुगेको छ । अब क्रमिक रुपमा बजारमा सुधार आउने र अब आफ्नो लगानी नगुम्ने लगानीकर्ताको भनाई छ ।


पुष्प दुलाल