आठ महिना अघिकै बिन्दुमा फर्कियो नेप्से, डेढ अर्ब रुपैयाँ बढीको कारोबार



काठमाडौं । सेयर बजार बढेर आठ महिना अगाडिको अवस्थामा फर्किएको छ । गत जेठको दोस्रो साता १३ सय को विन्दु काटेर ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक आठ महिना पछि पुनः पहिलेको अवस्थामा नै पुगेको हो । केही सातायता लगानीकर्ताको आकर्षण बजार प्रति बढी सेयर कारोबार बढ्दा पछिल्लो २ सातायता नेप्सेमा दोहोरो अंकको वृद्धि भइरहेको छ ।

लगानीकर्ताले सेयर बजार चालु आर्थिक बर्षमा लगानी गर्नु हुदैन भनेर बिश्लेषण गरेका थिए । तर सेयर लगानीको बिश्लेषणलाई पछिल्लो केही दिनयता बजारले गलत सावित गरिरहेको छ । यो साताको अन्तिम कारोबार (आज) नेप्से दोहोरो अंकले बढेको छ । बिहिबार नेप्से सुचक २६ अंकले बढेर १३१०.२३ बिन्दुमा बन्द भएको हो । गत जेठकोे दोस्रो साता पनि नेप्से सुचक यही बिन्दु रहेको थियो ।

गत जेठ १६ गते बर्ष २०७७ को सार्वधिक उच्च बिन्दु १३१९.४७ को बिन्दुमा नेप्से सुचक पुगेर ओरालो लाग्न शुरु गरेको थियो । त्यसयता सुचक बढ्न सकेको थिए । प्रयाजसो ११ सय र १२ सयको हाराहारीमा नै घट्दै बढ्दै गरेको सुचक पछिल्लो १ महिनायता सामान्य अंकले बढ्दै १३ सयको बिन्दुबाट आज भने सुचक उकालो लागेको हो ।

यसबीचमा लगानीकर्ताको मनोबल घटेर सेयर बजारमा लगानीकर्ताले लगानी गर्न सकेका थिएनन् । तर पछिल्लो केही दिनयता भने बजारमा अर्ब भन्दा बढीको कारोबार भइरहेको छ । बिहिबार मात्र नेप्सेमा १ सय ८१ कम्पनीको ५० लाख २५ हजार ५६३ सेयर खरिद बिक्री हुँदा १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा भने सो दिन हिमालयन डिस्टिलरी लिमिटेड र शिवम् सिमेन्टले अग्रता लिएको छ । यी कम्पनीहरुको आज क्रमशः १४ करोड ३८ लाख ९९ हजार ६३६ रुपैयाँ र १३ करोड ५९ लाख रुपैयाँ बराबारको कारोबार भएको हो ।
बिहिबार एनआइबीएल प्रगती फण्डको लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । जसको प्रतिसेयर मूल्य १०.०६ प्रतिशतले बढेको छ । साथै महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । जसको प्रति सेयर मूल्यमा २.६८८ प्रतिशतको गिरावट आएको छ ।

सो दिन नेप्सेमा कारोबारमा आएका १२ वटा समुह मध्ये अन्य समुह बाहेक सबै समुहको परिसुचक बढेको छ । अन्य समुह भने बिहिबार १.७ अंकले घटेको छ ।


क्लिकमान्डु