एचआइडिसिएलको १२ प्रतिशत नगद लाभांश, ११ अर्बकोक हकप्रदको तयारी



काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्मेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले अघिल्ला वर्षहरुमा जस्तै बैंकमा राखिएको पैसाबाटै शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ ।

जलविद्युत् क्षेत्रमा लगानीका लागि स्थापित सो कम्पनीले केही आयोजनामा लगानी गरेको भएपनि त्यसको प्रतिफल प्राप्त भएको छैन ।

कम्पनीले कूल चुक्ता पुँजीको १२ प्रतिशत बोनस दिन लागेको जनाएको छ । कम्पनीको हिसाब अनुसार सेयरधनीलाई १ अर्ब ३२ करोड रुपैयाँ नगद लाभांश दिने भएको हो ।

कम्पनीका अनुसार आव २०७५÷७६ को मुनाफाबाट लाभांश दिन लागिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले ८ औं वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो ।

कम्पनीले गत आवमा १० प्रतिशतले हुने कूल १ अर्ब बराबरको बोनस सेयर दिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ रहेको छ । यस्तै कम्पनीले ११ अर्ब बराबरको हकप्रद सेयर बिक्रीको तयारी थालेको छ ।

कम्पनीले कम्पनीले हालसम्म ४ सय ४० मेगावाट क्षमताका १२ जलविद्युत आयोजनामा ६ अर्ब ८८ करोड रुपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाएको छ । यस्तै कम्पनीले पावर चाइनासँगको सहकार्यमा ७५६ मेगावाटको तमोर र १ सय ५६ मेगावाटको माडी जलाशय निर्माण गर्ने प्रक्रिया शुरु गरेको छ ।


क्लिकमान्डु