फर्स्ट माइक्रोफाइनान्सको नाफा १८.८५% ले बढ्यो



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ६९ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा नाफा १८.८५ प्रतिशतले बढेको छ । जुन नाफा गत आवको सोही अवधिमा ५ करोड ६३ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको नाफा बढ्नलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको योगदान रहेको छ । गत आवको दोस्रो त्रैमासमा ९ करोड १२ लाख २० हजार रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा १० करोड ५८ लाख २५ हजार रुपैयाँ रहेको छ ।

यस्तै गत आवको दोस्रो त्रैमासमा ८ करोड ८४ लाख ९६ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आवको सोही अवधिमा आईपुग्दा १० करोड ६० लाख २ हजार रुपैयाँ रहेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा ८० करोड ७ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १७ करोड ४२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
आफ्नो खराब कर्जा नरहेको जनाएको संस्थाको प्रति सेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२१ रुपैयाँ ७७ पैसा रहेको छ ।


क्लिकमान्डु