गाडी किन्न कर घटाउने र बैंकको ऋण रकम बढाउने अर्थमन्त्री खतिवडाको प्रतिबद्धता



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गाडीको व्यापार बढाउन सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्व गएको नाडाको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सहजता प्रदान गर्ने गाडी खरिद गर्न सरल बनाउने बताए ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखा परेको तथा काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो पोखेका थिए ।

त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखे । सो छलफलमा महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखा परेका समस्या तथा चुनौतिहरुबारे आफना धारणा राखे । सोहि क्रममा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यज्यूहरुले हेवि इक्युपमेण्टस तथा कमर्सियल सवारी साधनहरुको व्यवसायमा देखा परेका समस्याहरुको बारेमा पनि चर्चा गरे ।

उक्त छलफलको क्रममा मन्त्री डा. खतिवडाले भारतबाट आउने भाडाका गाडिहरुको विषयमा चर्चा गर्दे अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताए ।

उनले उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने बताउदै बैङ्कहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने बताए । सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरुमा लाग्ने करको दरमा पुर्नविचार गरिन लागेको जानकारी समेत दिए । उनले सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीहरुले महशुस गर्ने गरी कार्यक्रम ल्याइने आश्वासन दिए ।


क्लिकमान्डु