विद्यार्थीबाट उठाएको करबाट कोष गठन गर्न इक्यान अध्यक्ष पाण्डेको सुझाव, भने- नीतिमै सुधार जरूरी



काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)का नवनियुक्त अध्यक्ष प्रकाश पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन् ।

शैक्षिक परामर्श क्षेत्र सञ्चालनका लागि नीतिगतरूपमा अझै राज्य स्पष्ट नभइसकेकाले नीतिगत सुधारका लागि आफ्नो पहिलो दायित्व रहेको बताएका छन् ।

गत पुस २६ गते शनिबार राजधानीमा सम्पन्न १४औं वार्षिक साधारणभाबाट श्री प्रकाश पाण्डे अध्यक्षतामा नयाँ कार्यसमिति चयन थियो । नयाँ कार्यसमितिले सोमबार कार्यभार सम्हालेको छ ।

पहिलो बैठकले आइडीपी आईईएलटीएससँग सहकार्य नगर्ने निर्णय गरेको छ । बैठकले आईडीपी आईईएलटीएस इक्यानका सदस्यकसैले पनि सहकार्य नगर्ने विषयलाई पूर्णरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पाण्डेले कार्यसमितिमा पुष्पराज भट्टराईलाई कार्यसमिति सदस्य पदमा मनोनित गरे । साथै संघको केन्द्रीय कार्यालयलाई ६ महिनाभित्र स्थानान्तरण गरी व्यवस्थित गर्ने निर्णय समेत इक्यानले गरेको छ ।

अध्यक्ष पाण्डेले सरकारको अस्पष्ट नीतिले शिक्षामन्त्रालयमा १४७३ वटा शैक्षिक परामर्श दातृ संस्थाले अनुमति पनि अझै ७ सयभन्दा बढी संस्थाहरू अनुमतिको पर्खाइमा रहन बाध्य भएको बताए ।

उनले सरकारले नीतिगतरूपमा दर्ता र नविकरणको बाटो बन्द गरेको भन्दै समस्या समाधान गर्न आफूले अग्रसरता लिने बताए ।

‘सरकारले गत वर्षको भदौ १ गतेदेखि शैक्षिक परामर्श दार्त संस्थाको दर्ता प्रक्रिया रोकेको छ, जसले गर्दा अनुमतिका लागि प्रक्रिया अगाडि बढाएका संस्थाले अनुमति पाएका छैनन भने यसबीच हजारौं संस्थाहरू आउने वातावरण नै सरकारले रोकेको छ, त्यसैले यस विषयमा राज्यसँग पहल गरी शैक्षिक परामर्श दातृ संस्थामैत्री नीति ल्याउनु जरूरी छ,’ उनले भने ।

‘हामी आफै पनि नियमनका लागि विगतका दिनमा निर्देशिका बनाउने काममा सहयोग गर्यौ तर आज सरकारले अनावश्यक रूपमा बाटो बन्द गरी समग्र व्यवसायलाई अप्ठ्यारोमा पारेको छ,’ अध्यक्ष पाण्डेले भने ।

उनले सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीसँग २ प्रतिशत कर लिने तर विद्यार्थीलाई विदेशमा गाह्रो अप्ठ्यारो हुँदा सरकारले भूमिका बिर्सने गरेको भन्दै विद्यार्थीले तिरेको रकमबाट कोष स्थापना गर्नुपर्ने आवश्यकता औलाउँदै त्यसतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरे ।

अध्यक्ष प्रकाश पाण्डेको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी चयन भएका छन् ।

साथै महासचिवमा दीपकराज भुसाल चयन भएका छन् भने प्रथम सचिवमा बासुदेव दाहाल र द्वितिय सचिवमा बीके श्रेष्ठ चयन भर्एका छन् । कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह कोषाध्यक्षमा कर्ण गुरूङ सर्वसम्मत चयन भएका छन् ।


क्लिकमान्डु