सेयर बजारमा बुलिस ट्रेण्डको संकेत, बैंकबाट सेयरमा ऋण बढ्ने संकेत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २०.८५ अंकले बढेको छ । अघिल्लो दिन घटेर बन्द भएको सेयर बजार बुधबार पुनः बढेको छ ।

बुधबार नेप्सेमा १७७ वटा कम्पनीको ९० करोड रुपैयाँको कारोबार भएको छ । पछिल्लो सातादेखि नेप्से परिसूचक उकालो लाग्न सुरु भएको छ । बुधबार होटल,उत्पादन र अन्य समुह बाहेक सबै समुहको परिसूचक उकालो लागेका छ ।

सेयर बजारमा सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ७ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएमबि बैंकको ३ करोड रुपैयाँको कारोबार भएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अन्य क्षेत्रमा ऋण जाने सम्भावना कम हुँदै गएको छ । यो हुँदा सेयर बजारमा लगानी बढ्ने छ । पुस मसान्तको वित्तीय विवरण यो महिना सार्वजनिक हुन्छ । यदी पुसको विवरण राम्रो आउने र ऋण लगानी बढेमा सेयर बजारले अब बुलिस ट्रेण्ड समाउनले सम्भावना बढी हुन्छ ।


क्लिकमान्डु