पोखराको लेकसाइडमा खुल्यो ‘द बर्गर एन्ड बिरयानी हाउस’



पोखरा । पर्यटकीय नगरी पोखरामा बिरयानीका पारखीलाई लक्षित गरी ‘द बर्गर एन्ड बिरयानी हाउस खोलिएको छ । हल्लनचोक नजिकै लेकसाइडको १७ नं स्ट्रिटमा उक्त रेस्टुराँ सञ्चालनमा आएको हो ।

शुलभ मूल्यमा चिकेन, मटन र हैदराबादी दम बिरयानीको स्वाद लिन पाइने उक्त स्थानमा दक्ष र अनुभवी सञ्चालक र सेफहरुले पोखरामै उत्कृष्ट बिरयानी पाइने दाबी पनि गरेका छन् ।

यहाँका परिकारहरु यहाँ आउने ग्राहकहरुले निकै रुचाइराखेको प्रतिक्रिया पनि दिँदै आएका छन् । युवा व्यवसायी ईश्वर काप्री र मनोज अधिकारीले सञ्चालनमा ल्याएको उक्त बिरयानी एन्ड बर्गर हाउसमा, बिरायनी र बर्गर बाहेक अन्य इन्डियन, चाइनिज, कन्टिनेन्टल नेपाली परिकार पनि उपलब्ध छन् । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकलाई स्वस्थ्य र जिब्रो लोभ्याउने परिकारहरु पस्किन उक्त रेस्टुराँ तत्पर रहेको कुरा पनि सञ्चालक ईश्वरले जानकारी गराए ।

बिरयानीको लोकप्रियता बढेसँगै पोखरामा यस परिकारको राम्रो बजार रहेको सञ्चालक बताउँछन् । अन्तभन्दा शुलभ मूल्यमा रेस्टुराँ आईटम पनि पाइने भएकाले यस बिरयानी एन्ड बर्गर हाउस चाडैंनै पोखराबासी र यहाँ घुम्न आउने पर्यटकको मन मस्तिष्कमा बस्न सक्ने कुरामा उनी विस्वस्त छन् ।


क्लिकमान्डु