नेशनल लाईफले गर्यो १ करोड ३ लाख १५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले स्वर्गीय इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ ।

झापास्थित होटल ग्राण्ड प्यासिफिकमा आयोजित कार्यक्रममा ५० लाखको दोहोरो दुर्घट्ना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेका थिए ।

उनको धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वीमा दावी वापत रकम एक करोड तीन लाख पन्ध्र हजारको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख श्री कमल बहादुर बुणथोकीले गराए ।


क्लिकमान्डु