सेञ्चुरी बैंक छाडेर रन्जन खड्का सहायक महाप्रवन्धक भएर एनआईसी एशिया बैंक जाने



काठमाडौं । सेञ्चुरी बैंकका चिफ म्यानेजर पदमा कार्यरत रन्जन खड्काले बैंक छाडेका छन् ।

खड्का एनआईसी एशिया बैंकमा सहायक महाप्रवन्धक भएर जाने भएका हुन् । एभरेष्ट बैंकमा लामो समय काम गरेका खड्का २ वर्ष अगाडि सेञ्चुरी बैंक आएका थिए ।

माघ १ देखि उनी एनआईसी एशिया बैंक जाने छन् । ‘थप जिम्मेवारी सहित एनआईसी एशिया बैंक जान लागेको छु,’खड्काले सुनाए ।

एमपीए सम्मको अध्ययन गरेका खड्का पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन् । खड्का बैंकको ब्रान्डिङ र मार्केटिङमा दक्ष छन् ।


क्लिकमान्डु