भाटभटेनीसहित ५ कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेको सर्बोच्चको ठहर



काठमाडौं । २०६७ सालको नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दा व्यवसायीहरुले हारेका छन् ।

सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुंगानाको पूर्ण इजलाशले आन्तरिक राजस्व विभागको पक्षमा फैसला सुनाएको हो ।

आन्तरिक राजस्व विभागले त्योबेला नक्कली भ्याटबिलको ठूलो घोटाला सार्वजनिक गरेको थियो । विभागले निर्धारण गरेको कर प्रक्रियामा चित्त नबुझाएपछि व्यवसायीहरु महानिर्देशकको पुनरावलोकनसँगै,राजस्व न्यायधिकरण हुँदै सर्बोच्च अदालत पुगेका थिए ।

सर्बोच्च अदालतले भाटभटेनी सुपरमार्केट, अरुण इन्टरकन्टिनेनटल ट्रेडर्स, महेश बानिया शंकर अक्सिजन ग्यास प्रालि र ए आइ टि प्रा.लिले नक्कली भ्याटबिल प्रयोग गरेको ठहर गरेको छ ।

अब ति कम्पनीले विभागले निर्धारण गरेको कर र सोमा लाग्ने ब्याज जरिवाना सहित ठूलो रकम बुझाउनुपर्ने हुन्छ ।


क्लिकमान्डु