सरकारले उद्योगीलाई अब ज्वाइँसरह व्यवहार गर्ने उद्योगराज्यमन्त्री दुगडको घोषणा



काठमाडौं । उद्योगराज्यमन्त्री मोतिलाल दुगडले सरकारले उद्योगीलाई ज्वाइँसरह व्यवहार गर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य आपूर्तिराज्यमन्त्री दुगडले व्यवसायीको मनोबल बढाउन आफुले गकाम गर्ने बताए ।

‘म आफु निजी क्षेत्रबाट आएका हुँदा कसरी काम गर्ने भन्ने राम्रोसँग थाह छ, हामीले अब उद्योगीलाई मनोबल बढाएर अगाडि बढाएर काम गर्ने हो,’उनले भने ।

उनले कुनै आर्थिक क्रियाकलापमा उद्योगीलाई लगेर सोझा थुनामा राख्ने काम भएको भन्दै त्यो गलत काम भएको बताए ।

पाम आयल निकासीको समस्या सल्टाउन सरकारले उच्च स्तरमा छलफल काम गरेको बताए ।


क्लिकमान्डु