इक्यान अध्यक्षमा प्रकाश पान्डे चयन



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्।

संघको १४औं साधारणसभाले आइतबार बिहान ४ बजे पान्डेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महासचिवमा दीपकराज भुसाल चयन भएका छन् भने सचिवमा बासुदेव दाहाल र बीके श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र कर्ण गुरुङलाई साधारणसभाले चयन गरेको छ ।

सघको साधारणसभाले कोषाध्यक्षहरुमा सुष्मा आचार्य, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, आशिक कार्की, विकल्पराज पोख्रेल, आर्यन उप्रेती, भवनाथ हुँमागाई, सुभास गौतम र शिव त्रिपाठीलाई चयन गरेको छ ।


क्लिकमान्डु