कनेक्ट आइपिएसबाट गरिने कारोबारको सीमा बढ्याे, नयाँ सिमा कति ?




काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालनगरिदै आएको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीको मोवाइल एप्समार्फत प्रतिमहिना गरिने कारोवारको अधिकतम सीमा बृद्धि भएको छ ।

अहिले विद्यमान रहेको कारोवार सीमा १ लाखबाट बृद्घि गरी पौष २१ देखि लागु हुने गरी २ लाख कायम गरिएको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको हो भने प्रति कारोबर सीमा रु५० हजार नै कायम रहेको छ ।

कनेन्कट आइपिएस्को वेबसाइटबाट गरिने कारोबरको सीमाप्रति कारोबर १० लाख र प्रति बैंक मासिक ५० लाख यथावत नै रहेको छ ।


क्लिकमान्डु