टाटा मोटर्सको जनवरी फेस्ट कार्यक्रम हुने, यस्ता छन् अफर



काठमाडौं । टाटा मोटर्सको नेपालका लागी अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्गले जनवरी फेस्ट कार्यक्रम गर्ने भएको छ ।

जनवरी २०२० को अवसरमा उक्त विशेष कार्यक्रम आयोजना गर्न कम्पनीले जनाएको छ । उक्त कार्यक्रम यहि जनवरी १० देखी जनवरी १२, २०२० सम्म थापाथली स्थित टाटा मोटर्सका सोरुममा आयोजना गर्न लागेको हो ।

उक्त फेस्ट अवधिमा ग्राहकले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनअ।रजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।


क्लिकमान्डु