बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांश पारित
काठमाडौं । बुटवल पावर कम्पनीले शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०७५/७६ को खुद मुनाफा तथा संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने, आ.व. २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीले मस्र्याङ्दी नदीमा चिनिया साझेदारहरुसंग मिलेर निर्माण गर्न गईरहेको तीन जलविद्युत आयोजनाहरु (१३५ मे.वा.को मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना, १३९ मे.वा. को तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना, ३२७ मे.वा.को माथिल्लो मस्र्याङ्दी दोश्रो जलविद्युत आयोजना) क्यासकेड आयोजनाको रुपमा निर्माण गर्नका लागि सभाले मार्ग प्रशस्त गरेको छ ।