एनबीआईको अध्यक्षमा कुशकुमार जोशी निर्विरोध चयन
काठमाडौं । व्यवसायीहरुलाई स्वच्छ व्यवसाय गर्न पैरवी गर्ने संस्था राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी निर्विरोध चुनिएका छन् ।
काठमाडौंमा सम्पन्न भएको १३ औं साधारणसभाले कुशकुमार जोशीको अध्यक्षमा कार्यसमिति चयन गरेको हो । जोशी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्
नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष पद्म ज्योति पनि रहने छन् । यस्तै उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रबीर मालाकार, कोषाध्ययक्षमा दिपक मल्होत्रा,सचिवद्वयमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने, सहकोषाध्ययक्षमा बिनायक शाह रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा सरोज प्रसाद पाण्ड,े उमेश लाल श्रेष्ठ, राजेश खड्का, रविन्द्रमान सिंह, अरनिको राजभण्डारी, लता प्याकुरेल, डा. वविन पोखरेल, डा. राजेन्द्र घिसिङ्ग, मुकेश कुमार भट्टराई उपाध्याय,
सुधिर मित्तल, खेम लकाई, होम नाथ उपाध्याय, अशोक वैद्य, रमेश महर्जन रहेका छन् ।
राष्ट्रिय व्यावसायिक पहलमा देशभरका राष्ट्रिय स्तरका ५० भन्दा बढी महासंघ, संघ र ७० भन्दा बढी प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरु सदस्य रहेका छन् । साथै सभाले बिधान संशोधन गरी संस्थालाई पुनसंरचना गर्दै सातैवटा प्रदेशमा समिति गठन गरि अघि बढ्ने योजना रहेको जनाइएको छ ।