राम्रो योजना बनाए नेपालमै पैसा कमाएर घर जग्गा किन्न सकिन्छ- गर्भनर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपालमा पनि पैसा कमाएर ६ महिनामा घर जग्गा किन्न सकिने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट २०२० मा उनले पैसा कमाउनेको लागि विदेशमा नै जानुपर्छ भन्ने छैन भन्दै योजना भएको खण्डमा नेपालमै काम गरे ६ महिनामा नै घर जग्गा जोड्न सकिने बताए ।

कार्यक्रममा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थाहरु स्वनियमनमा नगएको खण्डमा राष्ट्र बैंकले हेरेर नबस्ने बताए ।

बैंकहरुले स्वनियमन नगएको खण्डमा राष्ट्र बैंकको नियमनले काम गर्ने बताए । उनले बैंकलाई संसारको हरेक देशका बैंकले आफूले एक वर्षमा कति निक्षेप संकलन गर्ने र कति ऋण लगानी गर्ने भन्ने योजना बनाउने भएकाले राष्ट्र बैंकले पनि बैंकसँग विवरण मागेको बताए ।

उनले सर्वसाधारणको पैसा चलाउनेले त्यो पैसा कसरी चलाउने भनेर योजना बनाउन आवश्यक रहेको उनको तर्क छ ।

नेपालले बैंकलाई लाइसेन्स दिँदा नै पैसा उठाउनु र त्यो पैसा सही रुपमा सदुपयोग गर्नु भनेकाले कहीँ कतै समस्या भएको खण्डमा कारबाही गरिने बताए ।

कार्यक्रममा बैंकर्सहरु ९५ वर्षसम्म पनि जनताको पैसा चलाएर बस्ने गरेको भन्दै त्यसको विरोध जनाए । डा. खतिवडाले जसले जति नै विरोध गरेपनि बैंकर्समा उमेरको हकबन्दी लागेरै छोडने बताए ।

‘यो काम मैले नगरे पनि अब आउनेले गर्न सक्छन् । मान्छे आफ्नो पैसा चलाउँदा त सचेत बन्नुपर्छ, जनताको पैसा चलाउँदा जति वर्ष मनलाग्यो त्यती वर्ष पदमा बस्न मिल्दैन । नयाँ, योङ मान्छे भएको खण्डमा नयाँ योजना अनुसार अघि बढाउन सक्छ,’ उनले भने ।

राष्ट्र बैंकले एनएफआरएस प्रणाली लागू गर्दा पनि केहीले विरोध गरेको स्मरण गर्दै उनले कुनै पनि कामको शुरुमा विरोध भएपनि पछि त्यसको प्रभाव राम्रो पर्ने बताए ।

कार्यक्रममा उनले कृषि क्षेत्रमा बैंकहरुले २ खर्ब ३८ अर्ब रुपैयाँ ऋण लगानी गरेको बताए ।

उनले भूकम्प पीडितले २ प्रतिशतमा पाउने कर्जा टाठाबाठाले बढी लिएको र अन्यले नपाएको गुनासो बढेकाले बैंक तथा वित्तीय संस्थालाई कोटा नै तोकेको बताए ।

अहिले ८ प्रकारका सहुलियत पूर्ण कर्जा पाउने व्यवस्था रहेको र त्यसका लागि कर्जा लिनेसँग योजना आवश्यक भएको उनको तर्क छ । जसलाई पायो उसैलाई कर्जा दिँदा भोलि बैंकका सिइओ, सञ्चालकलाई समस्या पर्न जाने उनको भनाइ छ ।

सरकारको पैसा भनेर मनलाग्दी गर्न नपाइने गभर्नर डा. नेपालले बताए ।


क्लिकमान्डु