सेयर बजारमा सुधार, कारोबार रकम ८३ करोड बढी
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ३.५१ प्रतिशतले बढेर १२१३.११ बिन्दुमा रोकिएको छ । १७७ कम्पनीको ३८ लाख ८९ हजार ७२२ कित्ता सेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ रुपैयाँको सेयर किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा निर्जीबन बीमा ९५.४१, माइक्रोफाइनान्स ६३ र जीवन बीमा समूहको उपसूचक १९.१२ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा सिभिल बैंकका संस्थापक सेयर अग्रस्थानमा रहेको छ । बैंकको २० करोड १८ लाख ६६ हजार १ सय रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्था, घोडाघोडी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने रिलायन्स फाइनान्स, राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ता, सेन्ट्रल फाइनान्स, हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् ।