निजी क्षेत्रले सरकारी जग्गा दुरुपयोग गरेको भए सरकारले फिर्ता लिनुपर्छ : उद्योगी बिनोद चौधरी



काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद् बिनोद चौधरीले निजी क्षेत्रलाई दिइएको जग्गा दुरुपयोग भएको भए त्यसलाई सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।

उनले कुनै उद्योग र व्यवसायको लागि दिएको जग्गा दुरुपयोग भएको भए त्यसलाई सरकारलो फिर्ता गर्नुपर्ने बताए । नेपालमा निजीकरण गर्दा जग्गाको विषय प्रष्ट नहुँदा उद्योगी र व्यवसायीलाई आरोप मात्र खेप्नु परेको चौधरीले बताए ।

कान्तिपुरले आयोजना गरेको इकोनोमिक समिटमा उद्योगी चौधरीले नेपालका कालो कानून रहेको हुँदा विकास र लगानी नआएको बताए ।

‘कानून निर्माण नै उद्योगी र व्यवसायी खराब हुन् भन्ने नियत गर्ने प्रवृति देखियो,’चौधरीले भने ।

उनले पन्चायतकालमा खुलेको आईटी पार्क खै त प्रयोगमा नआएको र विशेष आर्थिक क्षेत्र अगाडि नबढेको बताए ।

‘निजी क्षेत्रले बुझाएका फाइल १५ दिनभन्दा बढी मन्त्रालयमा अड्काउन नपाइने नियम ल्याएर हेरौं त, कति धेरै काम अगाडि बढ्छन्। नियमसंगत छ भने फाइल अगाडि बढाइदिने, नभए फिर्ता हहाल्नुपर्छ, वर्षौंसम्म फाइल अड्काएर यता न उताको बनाइदिने संस्कार साह्रै खराब छ,‘चौधरीले भने ।


क्लिकमान्डु