नेपाल इन्स्योरेन्सले ७.८९ % लाभांश दिने



काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्तालाई ७.८९ प्रतिशत लाभांश दिने भएको छ ।

इन्स्योेन्सका अनुसार आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि २.८९ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

इन्स्योरेन्सले बोनसको लागि चुक्ता पुजी १ अर्ब ८ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँले हुन आउने ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ छुट्याएको छ । यस्तै नगद लाभांशको लागि ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ छुट्याएको छ ।


क्लिकमान्डु