मारुती सुजुकीको भिटारा ब्रेज्जा ५ लाख युनिट बिक्री हुँदा नेपालमा कति ?




काठमाडौं । मारुती सुजुकीद्वारा उत्पादित भिटारा ब्रेज्जा गेम चेञ्जिङ एसयुभिका रुपमा चिनिन्छ । सन् २०१६ को मार्च ८ मा सार्वजनिक भएको यो गाडी सन् २०१९ को डिसेम्बरसम्ममा ५ लाख ८ हजार ६ सय ७३ युनिट बिक्री भइसकेको छ ।

मारुती भिटारा ब्रेज्जा सन् २०१६ को अटो एक्पोमा वल्र्ड प्रिमियर भएको थियो । सन् २०१९ को डिसेम्बरमा मात्रै यो कार १३ हजार ६ सय ५८ युनिट बिक्री भएको छ ।
यो मोडलको गाडी सार्वजनिक भएसँगै एसयुभि भेरियन्टको बजार तताउन कम्पनीलाई निकै सजिलो भएको थियो । सन् २०१८ को अक्टोबरमा ब्रेज्जाको अहिलेसम्मकै सर्वाधिक बिक्री भएको थियो ।

उक्त महिनामा सर्वाधिक १५ हजार ८२ युनिट गाडी बिक्री भएको कम्पनीको तथ्याङकमा उल्लेख छ ।

त्यसैगरी सन् २०१९ को जलाइ भने सर्वाधिक कम बिक्री भएको महिनाका रुपमा रह्यो । कम्पनीको तथ्याङक अनुसार उक्त महिनामा ५ हजार ३ सय २ युनिट मात्र ब्रेज्जा मोडलको गाडी बिक्री भएको थियो ।

अहिलेको अटो मार्केटमा २५.०७ प्रतिशत एसयुभि मार्केट मारुती सुुजुकीको कब्जामा रहेको कम्पनीको दाबी छ । २०.४५ प्रतिशत बजार हिस्सा ओगटेको महिन्द्रा एण्ड महिन्द्रा दोस्रो र १९.१८ प्रतिशत बजार हिस्सासहित हुण्डाई मोटर इण्डिया तेस्रो स्थानमा रहेका छन् ।

अहिलेसम्म ५ लाखभन्दा धेरै युनिट बिक्री हुँदा नेपालमा ४ हजारभन्दा धेरै ब्रेज्जा कार बिक्री भएको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पसका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले क्लिकमाण्डुसँग बताए ।


क्लिकमान्डु