सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प हुने, यस्ता छन् सुविधा



काठमाडौं । नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म विन्टर फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत छुट हुनेछ ।

यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसेसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु