राष्ट्र बैंकले निष्काशन गरेको बचतपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नामवाट लगानी गर्न गरी नेपाल राष्ट्र बैंकले निष्काशन गरेको बैदेशिक रोजगार बचतपत्रमा आवेदन दिन पाउने आज अन्तिम दिन हो ।
राष्ट्र बैंकले गत पुस १ गतेदेखि गरेको २० करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो । उक्त बचतपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरिने छ ।
‘बैदेशिक रोजगार बचत पत्र २०८१’ नाम गरेको बचपत्रको अवधि ५ वर्षको रहेको छ । सरकारले ५ वर्षपछि लगानीकर्तालाई सावाँ फिर्ता गर्नेछ ।
ब्याजदर भने अर्धबार्षिक रुपमा भुक्तानी दिनेछ । बैंक वित्तीय संस्थामा निक्षेप राख्दा ब्याजदर घटवढ हुन सक्छ । तर, बचपत्रमा लगानी गर्नेले आगामी ५ वर्षसम्म १० प्रतिशतका दरले नै प्रतिफल पाउने छन् ।
बचतपत्र पुस २७ गते बाँडफाँड हुनेछ । बचतपत्र न्यूनतम पाँच हजार र अधिकतम ५ हजारले भाग जाने निषेश भाग जाने गरी आह्वान गरीएको रकम बरावरसम्म खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।