रिलायन्स लाइफको ६३ करोड रुपैयाँको आइपीओ आउने,‘ग्रेड फोर’ रेटिङ



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँको सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । रिलायन्सले जारी गर्न लागेको आइपीयोलाई क्रेडिट रेटिङ ऐजेन्सी इक्रा नेपालले ‘ग्रेड फोर’ दिएको छ । यो भनेको औसतभन्दा तल हो ।

बीमा कम्पनीको बढ्दो संख्याले व्यवसाय विस्तार गर्न चुनौती हुने निष्कर्ष इक्रा नेपालले रिलायन्सको रेटिङ गर्दा भनेको छ । लगानीकर्ताको दृष्टिकोणले हेर्दा रिलायन्सको आइपीओमा घाटा नभएपनि ठूलो फाइदा हुने देखिदैन ।

दुईवर्ष अगाडिदेखि संचालनमा आएका जीवन बीमा कम्पनीले यो आर्थिक वर्षदेखि सर्वसाधारणको लागि सेयर निष्कासन गर्ने छन् । १० वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीको आइपीयो यो वर्ष आउने छ ।


क्लिकमान्डु