कृषि विकास बैंकको १ करोड बढी लुट्ने पक्राउ
काठमाडौँ । कृषि विकास बैंकको सुरक्षाप्रणाली ह्याक गरी १ करोड भन्दा बढी रकम लुटेर फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको रंगेली नगरपालिका २ स्थायी बसोबास भएका उनले नाइजेरियन र भारतीयसँग मिलेर बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब बढी रुपैयाँ लुटपाट गर्ने योजना बनाएको खुलेको छ ।
ठूलो परिमाणको पैसा लुटने योजना अनुसार नै नेपालले दर्जन बढी नेपाली तथा विदेशी नागरिक नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंकको सुरक्षा प्रणाली ह्याक गरेका थिए ।
प्रहरीका अनुसार ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । नेपाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा रहेका छन् ।