बैंकका सीइओमाथि खनियो सम्पत्ति शुद्धिकरण, २ सीइओलाई कारबाही गर्न राष्ट्र बैंकलाई पत्र
काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग खनिएको छ । २ वटा वाणिज्य बैंकका सीइओले अकुत समम्पत्ति कमाएको भन्दै विभागले छानविन प्रक्रिया अघि बढाएको छ ।
विभागमा ११ वटा बैंकका सीइओविरुद्ध उजुरी परेको थियो । उजुरीका आधारमा विभागले अनुसन्धान गरेको थियो ।
‘२ वटा सीइओले अस्वभाविकरुपमा सम्पत्ति कमाई कालो धनलाई सेतो धन बनाएको प्रारम्भिक अनुसन्धानमा देखिन आएको छ,’ विभाग स्रोतले भन्यो, ‘बैंकिङ क्षेत्रको नियामक राष्ट्र बैंक भएकाले हामीले राष्ट्र बैंकलाई ती सीइओलाई कारबाही गर्न सिफारिस गर्दै पत्राचार गरिसकेका छौं ।’
हाल ३ वटा सरकारी लगानीका र २४ वटा निजी तथा विदेशी संयुक्त लगानीका गरी २७ वटा वाणिज्य सञ्चलनमा छन् ।
यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न सरकारले काटेको पत्र (पत्रसहित)
बैंकका सीइओहरुले अकूत सम्पत्ति कमाई विभिन्न माध्यमबाट निर्मलीकरण गरिरहेको भन्दै उजुरी परेपछि विभागले सीइओहरुलाई निगरानीमा राखेको हो । विभागले सबै बैंकलाई पत्राचार गर्दै सीइओको तलबभत्ता र सेवा सुविधाको सम्पूर्ण विवरण मागिसकेको छ ।
‘बैंकहरुले सीइओको तलबभत्ता र सेवा सुविधाको विवरण विभागसमक्ष पठाइसकेका छन्,’ विभाग स्रोतले भन्यो, ‘उजुरी परेका सीइओहरुको तलबभत्ता तथा सेवा सुविधा र सम्पत्ति विवरण हेर्दा २ जनाको सम्पत्ति अस्वाभाविक लागेपछि हामीले थप अनुसन्धान गरेका हौं ।’
राष्ट्र बैंकका उच्च अधिकारीहरुबाटै सीइओहरुले संरक्षण पाएको विभागका अधिकारीहरु दाबी गर्छन् ।
‘केही सीइओहरुले पदको दुरुपयोग गरी हदैसम्मको बदमासी गरेको भेटिएको छ, तर नियामक राष्ट्र बैंक भने चुपचाप बसिरहेको छ,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकका ठूलाबडाबाट संरक्षण नपाइकन बैंकको सीइओ एक्लैले मात्रै त्यो हदसम्मको बदमासी गर्न सक्दैन ।’
ललिता निवासको ४ आना जग्गा धितोमा बैंकले ८६ करोड ऋण दिएको भेटियो:सम्पत्ति शुद्धिकरण
राष्ट्र बैंकका डुपुटी गभर्नर शिबराज श्रेष्ठले सम्पत्ति शुद्धिकरण निवारणका लागि नेपालले गरेको प्रयासको अबमूल्यन गरेको, बैंक तथा वित्तीय संस्थाहरुको नियमन तथा सुपरिभिजनमा बदनियत राखेको र अनुचित लाभ लिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिसमा सरकारले श्रेष्ठमाथि छानविन गरी प्रष्टिकरण सोधिसकेको छ ।
‘मुहान सफा नभएसम्म खोला नालाहरु सफा हुँदैनन्,’ स्रोतले भन्यो, ‘त्यसैले हामीले डेपुटी गभर्नरबाट बैंकिङ क्षेत्रको मुहन सफा गर्ने अभियान शुरु गरेका हौं ।’
कसरी पुग्यो सीइओमाथि सम्पत्ति शुद्धिकरणको आँखा ?
‘बैंकका सीइओहरुका बारेमा फाट्टफुट्ट उजुरीहरु परिरहन्थे हामीले खासै ध्यान दिएका थिएनौं । तर जब ललिता निवासको जग्गा काण्ड बाहिर आयो । र, हामीले पनि अनुसन्धान अघि बढायौं । अनुसन्धानका क्रममा बैंकहरुले अस्वाभाविकरुपमा कर्जा दिएको देखियो । अनि हामीले सीइओहरुमाथि पनि निगरानी बढाएका हौं ।’ ’ विभाग स्रोतले भन्यो ।
१८ करोड ऋण दुरुपयोग प्रकरणः अमृतचरण श्रेष्ठलाई अब कारबाही हुन्छ कि हुँदैन ? यस्तो छ तयारी
ललिता निवासको ४ आना जग्गा धितोमा एउटा वाणिज्य बैंकले एक व्यवसायीलाई २६ करोड र अर्का एक व्यक्तिलाई ४ आना धितोमै ८६ करोड रुपैयाँसम्म ऋण दिएको भेटिएको विभागका अधिकारीहरु दाबी गर्छन् ।
यसरी अधिकमूल्य (ओभर भ्यालुएसन ) गरेर कर्जा दिएको भेटिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सम्बन्धित बैंकका सीइओ र कर्जा शाखाका कर्मचारीहरुमाथिको अनुसन्धानलाई तीब्रता दिएको हो ।
‘४ आना जग्गामा बैंकले ८६ करोड रुपैयाँ ऋण दिएको भेटियो, यहाँभन्दा अस्वाभाविक अरु के हुन सक्छ र रु,’ विभागको स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हामीले शुक्ष्म रुपमा अनुसन्धान अघि बढाएका छौं, ललिता निवास प्रकरणमा हामी पहिलो मुद्दा नै बैंकिङ कसूरको मुद्दा दर्ता गर्दैछौं ।’
बैंकका सीइओको बयानः डेपुटी गभर्नर शिवराज श्रेष्ठ तारे होटेलमा बसेको बिल तिर्थ्यौं, र अरु पनि…
ठूला ब्यापारिहरुले थोरै सम्पत्ति धितो राखेर ‘गुडविल’ र चालू सम्पत्तिलाई पनि धितो मानेर बैंकबाट धितोको मूल्यभन्दा धेरै गुणा बढी ऋण लिन्छन् । संसारभरी नै बैंकिङमा हुने यही हो ।
तर, ललिता निवासको उक्त जग्गामा गुडविल र चालू सम्पत्तिबिनै बैंकले ८६ करोड रुपैयाँ ऋण दिएको भेटिएपछि विभागका ती अधिकारीले आफू आश्चर्यमा परेको बताए ।
‘म पनि फाइनान्स र इकोनोमिक्समा मास्टर्स गरेको व्यक्ति हुँ,’ ती अधिकारीले भने, ‘गुडविल र चालू पुँजी धितो राखेर ऋण दिएको हो कि होइन भनेर प्रष्टसँग छुट्याउन सक्छु ।’
ललिता निवासको जग्गा धितोमा बैंकहरुले ओभर भ्यालुएसन गरेर ऋण दिएको देखिएपछि परेपछि विभागले बैंकहरुले प्रवाह गरेको कर्जामा आँखा लगाएको हो ।
सामान्यतया ललिता निवासको जग्गाको बजार मूल्य प्रतिअना १ देखि डेढ करोड रुपैयाँभन्दा माथि पर्दैन । जसअनुसार ४ आना जग्गाको मूल्य बढीमा ६र७ करोड रुपैयाँभन्दा बढी पर्दैन । सामान्यतया बैंकहरुले धितोको मूल्यांकनको ६०र७० प्रतिशतसम्म ऋण दिन्छन् ।
बैंकले जग्गाको ओभर भ्यालुएसन गरेर ऋण दिई कालो धनलाई सेतो धन बनाएको विभागको ठहर छ ।
‘जति बढी मूल्य भएपनि ६र७ करोड रुपैयाँ पर्ने जग्गा धितोमा बैंकले के का आधारमा ८६ करोड ऋण दियो रु यो थप अनुसन्धानको विषय हो,’ स्रोतले भन्यो, ‘यो सम्पत्ति शुद्धीकरण मात्रै होइन, बैंकिङ कसूर पनि हो ।’
बैंकका सीइओको सम्पत्तिमा सम्पत्ति शुद्धिकरणको आँखा, छानबिन थाल्यो
कमशल धितोमा अधिक बढी ऋण दिएर बैंकको रकम दूरुपयोग गरेको अभियोगमा बैंकका कर्मचारी र ऋणी दबैलाई बैंकिङ कसूरमा मुद्दा चलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।
कर्जा अपचलनको उक्त घटना राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सीआइबीले पनि छानविन थालेका छन् ।
‘राष्ट्र बैंकले कडाई गर्ने हो भने बैंकका कर्मचारीहरुले यस्तो काम गर्न सक्ने थिएनन्, तर राष्ट्र बैंकका कर्मचारीहरु बैंक र व्यवसायीसँग बिकेका कारण यस्तो समस्या उत्पन्न भएको हो,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकका कर्मचारीहरुमाथि पनि हाम्रो निगरानी छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठ यस्तै प्रकरणमा मुछिएका हुन् ।’
जनताको पैसामा सीइओहरुले रजाईं गरिरहँदा राज्यका निकायहरु टुलुहुटुलुहु हेरेर बस्न नसक्ने ती अधिकारीले बताए ।
बैंकिङ क्षेत्र आतंकित
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकलाई बैंकका सबै कुरा थाहा हुन्छ । र, राष्ट्र बैंकले हाइली रेगुलेट पनि गरिरहेको छ । उच्च नियमनका कारण बैंकहरु सबैभन्दा पारदर्शी पनि छन् । नेपालमा भएका नियामकहरुमध्ये सबैभन्दा बलियो नियामकको उदाहारण राष्ट्र बैंकलाई लिइन्छ ।
तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले राष्ट्र बैंकलाई बाइपास गर्दै बैंकहरुसँग धमाधम एकपछि अर्को विवरण माग्न थालेपछि बैंकिङ क्षेत्र आतंकित बनेको छ ।
‘सम्पत्ति शुद्धिकरण अनुसन्धन विभागको काम आतंककारी गतिविधि, लागू औषध, मानब बेचबिखन लगायतमा वित्तीय लगानी भएको छ कि छैन र त्यस्तो क्षेत्रबाट भएको आम्दानी वित्तीय प्रणालीमा आएको छ कि छैन भनेर हेर्ने हो,’ एक बैंकरले भने, ‘सीइओले कति तलब खान्छन् ? ऋण दिँदा के गरे ? भनेर हेर्ने निकाय राष्ट्र बैंक हो, सीआइबी हो । कर तिरे कि तिरेनन् भनेर हेर्ने कर कार्यालय हो ।’
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सम्पत्ति शुद्धिकरण विभाले आतंक मच्चाएको सीइओहरुको टिप्पणी छ ।
‘यसरी कुनै एउटा व्यक्तिको सनकका भरमा आतंक मच्चाउँदै जाने हो भने यो देशमा कस्तो वातावरण बन्छ, कसले लगानी गर्छ ?’ उनले प्रश्न गरे ।