कालिका र जनसेवी लघुवित्तको एकिकृत कारोबार अर्को साताबाट
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच पुस २३ गते बाटा एकिकृत कारोबार हुने भएको छ ।
दुई संस्था आपसमा गाभिएपछि पुस २३ गतेबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जरपछि कालिका लघुवित्त वित्तीय वित्तीय संस्थाको नामबाट कारोबार हुने छ ।
संस्थाका अनुसार गत जेठ ५ गते कालिका र जनसेवी आपसमा गाभ्ने गाभिने सम्झौता भएको थियो । त्यसको अन्तिम स्विकृत नेपाल राष्ट्र बैंकबाट पुस २ गते पाएर पुस ११ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको थियो ।