लगानीकर्ताको ध्यान माइक्रोफाइनान्सतिर, बजारमा गिरावट कायमै
काठमाडौं । यो साताको अन्तिम दिन सेयर कारोबारमा गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक ३.२९ अंकले घटेर ११६६.२१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१० अंकले घटेर २५२.१८ बिन्दुमा रोकिएको छ ।
१७० कम्पनी १६ लाख ६० करोड ४०६ कित्ता सेयर ५३ करोड २२ लाख ११ हजार २११ रुपैयाँको सेयर किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक २.२, होटल ७२.९९, निर्जीबन बीमा १६.२२, जीवन बीमा समूहको उपसूचकमा ४८.८४ अंकले घट्दा उत्पादन तथा प्रशोधन समूहको ४१.२२, माइक्रोफाइनान्स समूहको उपसूचक १५.५६ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको ९ करोड २१ लाख ४९ हजार ७५९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको संस्थापक सेयर रहेको छ ।
जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, यूनियन हाईड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने जलविद्युत लगानी तथा विकास कम्पनी, ओरियन्टल होटल, बिशाल बजार कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।