पिपिएलका उत्कृष्ट खेलाडीले पाए टिभिएस अपाचे मोटरसाइकल




कास्की । पिपिएल खेलमा उत्कृष्ट भएका खेलाडीले टिभिएस अपाचे बाइक पुरस्कार पाएका छन् । टिभिएसले घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई कम्पनीले उक्त पुरस्कार प्रदान गरेको छ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सीले एक एकवटा टिभिएस अपाचे मोटरसाइकल पाएका हुन् ।

पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।


क्लिकमान्डु