संसदीय समितिको ठहरः ट्रंक र डेडिकेटेड लाइनको महसुल १४ अर्ब पुग्यो



काठमाडौं । संघीय संसदको सार्वजकि लेखा समितिले उद्योगमा जडान गरिएको टिओडी मिटर समयमा नै डाउनलोड नगरेको पाइएको भन्दै किन त्यस्तो भएको हो स्पष्ट पार्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने भएको छ ।

संघीय संसदको लेखा समितिले सोमबार समितिको पूर्ण बैठकमा पेश गर्न लागेको प्रतिवेदनमा ट्रक तथा डेडिकेटेड लाइनमार्फत वितरण गरिएको लाइनको महसुल उठाउन बदमासी गरेको ठहर गरेको छ ।

लेखा समितिले समिति सदस्य डा मिनेन्द्र रिजालको संयोजकत्वमा एक उपसमिति नै बनाएर ट्रक तथा डेडिकेटेड लाइनको महसुलका सम्बन्धमा छानबनि गरेको थियो । छानबनि समितिले लामो समय लगाएर गरेको अध्ययनको प्रतिवेदन सोमबार समितिको पूर्ण बैकठमा पेश गर्न लागेको हो ।

समितिले सोही विषयमा छलफल गर्न सोमबार बैठक बोलाएको छ । उपसमितिले ट्रक र डेडिकेटेड प्रसारण लाइनको कुल महसुल १४ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको उल्लेख गरेको छ ।

गत चैतसम्म कूल रु ११ अर्ब महसुल रहेकोमा हालसम्म त्यो बढेर १४अर्ब रुपैयाँ पुगेको उपसमितिको अध्ययनले देखाएको छ ।

प्राधिकरणको सञ्चालक समितिका सदस्य भक्तबहादुर पुन नेतृत्वको समितिले महसुलका विषयमा छानबनि गरेको भएपनि उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन ।

प्राधिकरणले समयमै महसुल उठाउने पहल नगरेको भन्दै कनि त्यस्तो भएको हो स्पष्ट पार्न समेत आग्रह गरेको छ । समितिको आज बस्ने बैठकमा सो विषयमा छलफल हुने जनाइएको छ ।


पुष्प दुलाल